• २०८१ बैशाख ७ शुक्रबार

‘गल्ली बोय’मा यस्तो छ रणवीर-आलियाको जोडी

kharibot

बलिउड । फिल्म ‘गल्ली बोय’मा रणवीर सिंह र आलयिा भट्टको फस्र्ट लुक्स रिलिज भएको छ । दुवैले सोसल मिडियामा एकैसाथ साझा फोटो राखेका छन् । 

बलिउड एक्टर रणवीर सिंह र अभिनेत्री अलिया भट्ट एकै साथ ठूलो पर्दामा देखिनलागेको यो पहिलो फिल्म हो । गली बायको फस्र्ट लुक्स आफ्नो टुइटर एकाउन्टमा सेयर गरेका छन् । 

उक्त फिल्ममा दुवै सडक र्यापरको भुमिकामा देखा परेका छन् । मुम्बईको धरावी इलाकाको मलिन बस्तीको एक रिर्पोटमा आधारि रहेर उक्त फिल्म निर्माण हुनलागेको हो ।

रणवीर आलियाको साथमा उक्त फिल्ममा सिद्धार्थ चतुर्वेदी, विजय बर्मा र कल्की कोचलिन प्रमुख भुमिकामा देखिएका छन्  । यस फिल्म बनाउन भन्दा पहिला जोया अख्तर र रणवीर सिहंको  डकुमेन्ट्री “बाम्बे ७०” को सेसनसग मिल्दो रहेको  देखिन्छ । 

निर्देशक जोया अख्तरको निर्देनमा बन्दै गरेको उक्ते फिल्म १४ फेब्रवरी २०१९मा रिलिज हने जनाएका छन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै