विराटनगरबाट ५०० लिटर घरेलु मदिरा बरामद

खरीबोट

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ । 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ । 

प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडाबर्तन र करीव चार हजार सात लि कच्चा पदार्थ जाँड बरामद गरेको छ ।

सम्बन्धित समाचार

अछामका महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

अछाम । मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् । महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला

महिला हिंसा बढ्नुको कारण मदिरा : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले महिला हिंसा बढ्नुको कारण मदिरा भएको बताएका छन् । महिलामाथि हुने हिंसा रोक्न सबैले पहल गर्नुपर्ने भन्दै गृहमन्त्री बादलले युवा र अभिभावकले विना

मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु, मृतकको संख्या ९ पुग्यो 

काठमाडौँ। मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ

विश्वका प्रत्येक २० मध्ये एकको मृत्युको कारण मदिरा

स्विजरल्याण्ड । मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाखभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो सङ्ख्या विश्वभरिमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा


z