• २०८१ बैशाख ६ बिहीबार

विराटनगरबाट ५०० लिटर घरेलु मदिरा बरामद

kharibot

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ । 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ । 

प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडाबर्तन र करीव चार हजार सात लि कच्चा पदार्थ जाँड बरामद गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै