• २०८१ बैशाख ८ शनिबार

फूड डेलिभरी राइडर बन्दै कपिल शर्मा

kharibot

काठमाडौं । भारतीय लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ फिल्ममा देखिँदैछन् । कमेडी शो ‘द कपिल शर्मा शो’का सञ्चालक कपिलले फिल्म ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् । 

नन्दिता दासले निर्देशन गर्न लागेको फिल्ममा फूड डेलिभरी राइडरको भूमिकामा देखिँदैछन् । फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल भइसकेको छैन । फिल्ममा अभिनेत्री शहाना गोस्वामीले उनको पत्नीको भूमिका निभाउँदैछिन् ।

त्यसो त कपिलले यसअघि अभिनय गरेका दुई फिल्मबाट सुखद प्रतिक्रिया पाउन सकेका थिएनन् । आफ्नो शोमा कपिलले फिल्मले सुखद प्रतिक्रिया नपाएको कुरा धेरैपटक स्वीकारी सकेका छन् । ‘फिरंगी’को निर्मातासमेत रहेका कपिलले आफ्नो लगानीसमेत उठाउन सकेका थिएनन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै