• २०८१ बैशाख ४ मंगलबार

पेटमाथि छपछपी खर्बुजा काटेर यसरी बन्यो १ मिनेटमै कीर्तिमान (भिडियोसहित) 

kharibot

दक्षिण एसिया । भारतका दुई युवाले खतरनाक काम गरी गिनिज रेकर्डमा नाम लेखाएका छन् ।

जिम्मी खरादी र बाजी कसड नामका दुई युवाले पेटलाई अचानो बनाएर तरबारले खर्बुजा कार्टी विश्व रेकर्ड दर्ता गराएका हुन् । 

खरादीको पेटमाथि राखिएका खर्बुजाहरु ३० इन्च लामो तरबारले कसडले छपछपी काटेका थिए । रेकर्ड बनाउने क्रममा उनले ४८ वटा खर्बुजा काटेका थिए ।

सो क्रममा जापानी तरबार प्रयोग गरिएको थियो, जसले सजिलै पेट काट्नसक्थ्यो ।  ४८ वटा खर्बुजा तरबारले काट्दा समेत खरादीको पेटमा धारिलो तरबारले अलिकति पनि छोएन ।  

भिडियो हेर्नुहोस : 

 

यसक्रममा एउटा खर्बुजा पूरै नछिनेको र अर्को एउटा समयभन्दा पछि काटिएको कारण रद्द भए पनि उनीहरुको रेकर्ड गिनिजमा दर्ता भएको छ । सो क्रममा काटिएका खर्बुजाहरु सबै उक्त समारोहमा उपस्थितलाई बाँडिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै