• २०८१ बैशाख ७ शुक्रबार

नेपाल र यूएईबीचको खेल जारी

kharibot

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आजको खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिंग रोजेको नेपालले यूएईको तेस्रो विकेट लिएको छ ।

नेपाली बलर करण केसीले नेपालका लागि तेस्रो विकेट लिएका हुन्, यसअघि  सोमपाल कामीले दुई विकेट लिइसकेका छन् । यसअघि नेपालले पहिलो ओभरमै सफलता पाएको थियो  । नेपालका लागि सोमपाल कामीले यूएईको पहिलो र दोस्रो विकेट लिएका थिए । 

वर्षाले भिजेको मैदानका कारण झण्डै २ घण्टा ढिलो गरी खेल सुरु भएको हो । 

कुल ६ टोली समावेश प्रतियोगितामा यूएई नेपालभन्दा माथि छ । छ टोलीमध्ये नेपाल तेस्रो स्थानमा छ । सबैभन्दा पहिलो स्थानमा क्यानडा रहेको छ । जारी प्रतियोगितामा नेपाल, यूएई र क्यानडाले २, २ खेल खेलिसकेका छन् ।

रनरेटका आधारमा क्यानडा र यूएई नेपालभन्दा माथि रहेका छन् । दुवै खेल जितेको क्यानडाको रनरेट १।९०७, दोस्रो स्थानमा रहेको यूएईको १।९५० रहेको छ । 

यूएईले दुई खेल खेल्दै १ मा जित र १ मा हार व्यहोरेको छ भने नेपालले पनि १ जित र १ हार व्यहोरेको छ । नेपालको रन रेट ०।४६४ रहेको छ । नेपालभन्दा पछाडि ओमान, नामिबिया र केन्या छन् । ओमानले पनि दुई खेल खेल्दै १ मा जित र १ मा हार व्यहोरेको छ ।

ओमानलाई यूएईले पराजित गरेको थियो भने नेपाल ओमानसँग पराजित भएको थियो । केन्या र नामिबिया दुवैले पहिलो खेल हारेका छन् । 

आजको खेल यूएई र नेपाल दुवै देशका लागि जित्नै पर्ने भएकाले रोचक हुने अपेक्षा गरिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै