• २०८१ बैशाख ७ शुक्रबार

नेपालले पायो ११५ रनको लक्ष्य 

kharibot

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत यूएर्इले नेपाललार्इ १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएर्इले ३१ ओभरमा सवै विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्यो ।

यूएर्इका साइमन अनवरले सर्वाधिक ३० रन जोडे। उनीबाहेक अदनाम मुफ्तीले १८, घुलम सब्बरले १६ तथा मोहम्मद बुटाले १५ रन जोडे । 

निर्धारित समय भन्दा खेल ढिलो सुरु भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । 

नेपालका लागि बलर सोमपाल कामीले चार तथा सन्दीप लामिछानेले ३ विकेट लिए । भने कप्तान पारस खड्काले २ र करन केसीले १ विकेट लिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै