• २०८१ बैशाख १५ शनिबार

पर्यटन 'प्रोडक्ट प्याकेजिङ' र 'डिजिटल' तालिम

kharibot

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं १ को इलाम जिल्लामा आजबाट तालिम सुरु गरिएको बोर्डले जनाएको छ । इलाम नगरपालिकासँगको सहकार्य भएको तालिममा  प्रदेशका आठ जिल्लाका २५ ब्यवसायीको सहभागिता छ ।
    
तालिम डिजिटल माध्यमबाट व्यवसायको प्रवद्र्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढङ्गले प्याकेजिङ गर्न सिकाउने गरी तयार गरिएको छ ।

सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने हेतुले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायीसँग निरन्तर  सहकार्य गरिरहेको छ । 

तालिम यही फागुन २७ मा समापन हुनेछ । तालिमको दौरान कम्तीमा प्रदेशका ५० स्थानलाई म्यापमा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिकसमेत गरिने जनाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सुचारु हुँदै गएको हालको अवस्थामा यस्ता तालिमले दक्षजनशक्ति तयार गर्न, लुकेका सम्भावना बोकेका क्षेत्रको डिजिटल पहुँच बढाउन, स्थानीयवासीलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास बोर्डले लिएको छ ।
    
यसअघि फागुन २० देखि २२ सम्म भैरहवामा लुम्बिनी प्रदेशका चालिस व्यवसायीलाई सो विषयमा तालिम दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।


 

पढ्नै पर्ने

लोकप्रिय