खोटाङ ४४ औँ पूर्ण साक्षर जिल्ला घोषणा

खरीबोट

तस्बिर : रासस

ad

खोटाङ । ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । 

जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि आज औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । 

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरे । भट्टराईले शिक्षा अधिकारी धनबहादुर श्रेष्ठलाई पूर्ण साक्षर जिल्ला भएको प्रमाणपत्र प्रदान गरेर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरेका छन् । 

पन्ध्र देखि ६० वर्ष उमेर समूहका एक लाख ३९ हजार ९४१ निरक्षर नागरिकमध्ये एक लाख ३५ हजार १२९ जना साँवा अक्षर पढ्न र लेख्न सक्षम बनेपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । छुटेका तीन दशमलब ४४ प्रतिशतलाई पनि चाँडै साक्षर बनाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । 

जिल्लाका निरक्षर नागरिकले एकदेखि १०० अङ्क लेख्न र भन्न, आम्दानी र खर्चको विवरण राख्न, बैंक भौचर भर्न, मोबाइल चलाउन, सभा–समारोहमा बोल्न सक्ने लगायतका १२ सूचकमध्ये कम्तीमा सात सूचक पूरा गरेपछि साक्षर जिल्ला घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

देशकै सबैभन्दा बढी २७ स्रोत केन्द्र रहेको खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको खुशियालीमा दिक्तेलबजारमा सांस्कृतिक झाँकीसहित विशाल ¥याली निकालिएको थियो । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९१ सामुदायिक, २९ संस्थागत, दुई प्राविधिक विद्यालय र ३४७ बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

बाँकेलाई साक्षर जिल्ला घोषणा गरिने

बाँके । बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् । अहिले स्थानीय तहमार्फत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र

माछापुच्छ्रे  बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर / नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ ।  यो घोषणा गरेको समयमा

चितवनको माडीमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

चितवन । कृषि विकास बैंक, चितवनको माडी शाखाले सामुदायिक सिकाई केन्द्रको समन्वयमा एक दिने वित्तिय कार्यक्रम सम्पन्न भएको छ ।  सो कार्यक्रममा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका शाखा प्रमुख रामचन्द्र अधिकारीले वित्तीय


z