कांग्रेस जिल्ला सभापतिमा देखिएन समावेशी- महिला, थारु र दलित सहभागिता शून्य
खरीबोट
२०७८ चैत २ बुधबार
काठमाडौं । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस आर्य निर्वाचित भएका छन् । महिला र थारु समुदायबाट शून्य प्रतिनिधित्व छ ।
आदिवासी जनजातिको प्रतिनिधित्व राम्रै देखिएको छ भने मुस्लिम समुदायबाट एकजना मात्रै सभापति चुनिएका छन् । खस आर्यबाट ४४ जना सभापति निर्वाचित भएका छन् । आदिवासी जनजाति समुदायका २५ जना सभापतिमा निर्वाचित भएका छन् । मधेसी समुदायबाट सातजना सभापति आएका छन् ।
प्रदेश १ः खस आर्य
डम्बर खड्का, इलाम
दिपक खड्का, संखुवासभा
केदार भण्डारी, सुनसरी
तेजेन्द्र खनाल, ओखलढुंगा
हिमाल कार्की, उदयपुर
आदिवासी/जनजाति
गजेन्द्रप्रसाद तुम्याङ, ताप्लेजुङ
रूपनारायण जगेवु, पाँचथर
देउमान थेवे, झापा
अर्जुनबहादुर तुम्वाहाङ्फे, तेह्रथुम
विनोद वान्तवा, भोजपुर
दिनेश राई, धनकुटा
डिगबहादुर लिम्बू, मोरङ
नागमेल ज्याङ्वु शेर्पा, सोलुखुम्बु
विष्णुकुमार राई, खोटाङ
मधेस प्रदेशः खस आर्य
जनार्दन शर्मा क्षेत्री, पर्सा
मधेसी
सुरेन्द्रप्रसाद सिंह, सर्लाही
नागेश्वर यादव, महोत्तरी
दिनेशकुमार यादव, सप्तरी
योगेन्द्र पजियार, धनुषा
रामचन्द्र यादव, सिराहा
सुनिल यादव, रौतहट
राजेश राय यादव , बारा
बागमती प्रदेशः खस आर्य
उपेन्द्रकुमार पोखरेल, सिन्धुली
रामनाथ अधिकारी, धादिङ
रमेशकुमार महत, नुवाकोट
राजेश्वर खनाल, चितवन
दुर्लभ थापा, भक्तपुर
कृष्ण सवुज बानियाँ, काठमााडौं