• २०८१ बैशाख २८ शुक्रबार

एमालेमा विलय भयो प्रेमबहादुर सिंहको पार्टी

kharibot

काठमाडौं । पूर्वमन्त्रि प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो ।

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई  नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी थिइन् । तर, केही समय राजनीतिबाट निष्कृय रहेकी करिश्मा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै