• २०८१ बैशाख २४ सोमबार

शहीद स्मारक बी डिभिजन लिग- टुसाल विजयी

kharibot

काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ ।

टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई-दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए । 
    
रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४–० ले जित दिलाए ।

जितसँगै टुसाल युथ आठ खेलमा ११ अङ्क जोडेर छैटौँ स्थानमा उक्लिएको छ । लिगमा १४ क्लब सहभागी छन ।

शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै