प्रधानसेनापति तेश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु  

खरीबोट
ad

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘प्रधानसेनापति तेश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४’ को बलाधिकृत रथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच रेफ्रीलाई भलिबल हस्तान्तरण गर्नुभई समुद्घाटन गरेका छन् ।

नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा आजदेखि फाल्गुन १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक÷एक तथा तत्कालिन पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ ।     

यस प्रतियोगितामा नेपाली सेनाले खेलकुद जगतको विकास तथा खेलाडीहरुको हौसला वृद्धि गर्न नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा प्रथम, द्धितिय र तृतिय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०÷१० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । 

आजको समुद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक, नेपाली सेनाका रथीवृन्द, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल भलिबल सङ्घका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल इन्भेष्टमेण्ट बैंकका प्रतिनिधि, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

यस किसिमको प्रतियोगिताले नागरिक—सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ । 


 

सम्बन्धित समाचार

नेपाली रेफ्रीद्वय केसी र गुरुङले भलिबलको अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

काठमाडौँ। भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।  एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल

सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं । नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना

भलिबल प्रशिक्षकको गुनासो – राष्ट्रिय खेल त भयो, पूर्वाधार नै भएन  

काठमाडौं । वि.सं. २०७४ जेठ ८ गते नेपालको खेलकुदमा एक स्वर्णिम निर्णय भयो । जसले वर्षौँदेखि अस्तित्वमा रहेको भलिबलले सम्मानको उपाधि पायो । जुन उपाधि पाउन भलिबलले वर्षौँदेखि संघर्ष गरिह्यो

विद्यालयस्तरको छात्रा भलिबल प्रतियोगिता हुने

काठमाडौं । मदन भण्डारी स्पोट्र्स एकेडेमी चन्द्रागिरि नगर कमिटीको आयोजनामा उपमेयर अन्तर्विद्यालय छात्रा भलिबल कप हुने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त भलिबल प्रतियोगिता बारे जानकारी गराइएको छ