• २०८१ जेठ ४ शुक्रबार

सेतोपुल नजिकैको फोहोरमा साल-नालसहित मृत शिशु फेला

kharibot

काठमाडौं ।  काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । 

दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०: ५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । 

अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय