नवलपरासीमा स्थानीय व्यापारी र प्रहरीबीच झडप

खरीबोट

फाइल तस्बिर

ad

नवलपरासी । पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुुर छोटी भन्सार नाकामा आज प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । 

महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन् । 

महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुु¥याउनका लागि गाडीमा राख्ने क्रममा स्थानीय व्यापारीले सोहि भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए । 

प्रहरीले बल प्रयोग गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैध भन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासी बर्दघाट–सूस्ता पश्चिम का प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिए । 

कपडा र सवारी साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यस अगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो । 

उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार ९राजश्व संकलन० काटेर नेपालतर्फ लैजाने सहमति यस अगावै भए पनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैध भन्दा पनि यसवारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

अछामको साँफेबगरमा प्रहरी र चालकबीच झडप 

बाजुरा। अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् ।  घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली

गाउँपरिषद्मै झडप, राजपाका तीन कार्यकर्ता घाइते

गौशाला। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको आज दिउँसो दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ ।  राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै

आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप, केहि पक्राउ 

काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच शिक्षण अस्पताल महाराजगञ्जमा झडप भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास

धनगढीमा प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

कैलाली ।  धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर शनिबार सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका