• २०८१ जेठ ४ शुक्रबार

सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दै

kharibot

मङ्गलबारे । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् ।

रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । 

खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो ।

रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए । 

सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ ।

तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् ।

चुरे क्षेत्रका किसानले वार्षिकरूपमा सुपारी बेचेर  ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् । 

सुपारी काँचै बिक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरा बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ ।

रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । अधिकांश क्षेत्रमा सुपारी हुने भएकाले किसान सुपारी खेतीतर्फ लागिपरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै