• २०८१ जेठ ४ शुक्रबार

१० दिन अवरुद्ध हिमाको टेलिफोन सेवा सञ्चालन

kharibot

जुम्ला । १० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ ।

१० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

उनले भने, 'हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षेति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।' 

प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेकाे छ ।

एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । 

त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ ।

उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै