• २०८१ बैशाख २३ आइतबार

बाम एकताले समाजवादको भावभूमि तयार गरेको छ : पूर्व मन्त्री पौडेल 

kharibot

काठमाण्डौं  । पूर्व शिक्षा मन्त्री एवं नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य धनीराम पौडेलले बाम एकताले मुलुकमा समाजबादको भावभूमि तयार  गरेको बताएका छन् ।

पौडेलले बाम एकताले बामपन्थीहरु जनमतमा सधैं अब्बल रहने तर प्रतिनिधित्वमा चुक्ने अवस्थाको पनि अन्त्य भएको जिकिर गरे ।

सोमबार अखिल क्रान्तिकारी ३ नं. प्रदेशद्वारा शहीद दिलबहादुर रम्तेल स्मृतिमा आयोजित अन्तरकलेज तेश्रो क्रान्तिकारी फूटसल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्रि पौडैलले भने , हिजो परिवर्तनको आन्दोलनमा युवा विध्यार्थीले निर्वाह गरेको भूमिका जसरी स्मरणीय छ त्यसरी नै आज परिवर्तित परिस्थितिमा नयॉ र रचनात्मक भूमिकाको लागी युवा विध्यार्थीले आफूलाई तयार पार्नुपर्दछ ।

कार्यक्रममा पूर्व गृहराज्य मन्त्रि एवं माननीय सांसद श्यामकुमार श्रेष्ठ, अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतम, दिपक देवकोटा, तिलकराज भण्डारी महासचिव उत्तम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

३ नं प्रदेशका कलेजहरु सम्मिलित प्रतियोगितामा ६४ वटा टीम सहभागी रहेको र फागुन २१ सम्म प्रतियोगिता सन्चालन हुने क्रान्तिकारीको सचिव एवं ३ नं. प्रदेश संयोजक पवन कार्किले बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै