• २०८१ बैशाख ३० आइतबार

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला (फोटो फिचर)

kharibot

तस्वीर: आकाश खनाल/खरीबोट

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जुत्ता चप्पल व्यापार प्रवद्धन मेला जारी रहेको छ । जेठ ८ गतेसम्म चल्ने यस जुत्ता चप्पलको मेलामा उपभोक्ताको उत्साहजनक सहभागिता रहेको छ । 

स्वदेशी उत्पादनलाई प्रवद्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरि बस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्म निर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि मेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

फुटवेयर अध्यक्ष नानीराज घिमिरेका अनुसार अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको बताएका छन् ।

मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशतसम्म छुट दिइएको छ । त्यस्तै मेलामा १९ कम्पनीका ३० भन्दा बढी ब्रान्डका हजार मोडलका जुत्ता एकै ठाउमा उपलब्ध रहेका छन् ।

मेलामा अहिलेसम्म उत्साहजनक सहभागिता रहेको फुटवेयरले जानकारी दिएको छ ।

तस्वीरमा हेरौं जुत्ता चप्पल मेलाको झलक: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै