काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ ।
बिहीबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ ।
राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् ।
उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।
तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ ।
उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् ।