• २०८१ जेठ २ बुधबार

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६०९ मतले अगाडी

kharibot

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार अग्रता बनाइरहेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार ३१५३ मतगणना हुँदा हमालले १४७२ मत पाएका छन् । 

हमाल गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका नृपबहादुर वडभन्दा ६०९ मतले अगाडी रहेका छन् । वडले ८६३ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १५४ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७६८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५११ मत पाएका छन् । धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै