• २०८१ बैशाख १५ शनिबार

बाहुनडाँगीको तेलपानी वनमा १५ वटा जङ्गली हात्ती, स्थानीयवासीमा त्रास

kharibot

झापा । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन्। 

पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए । उनका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् । शनिबार राति आएकोे हात्तीमध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वनमा रहेको नको भनाइ छ । 

“प्रहरी प्रशासनदेखि सबैको ध्यान यतिबेला मत गणनातिर छ”,उनले भने, “हाम्रो भने हात्तीबाट आफू र पाकेको बाली कसरी जोगिनु भन्नेमा छ ।”

उनले चार दशकदेखि बाहुनडाँगीवासी हात्तीबाट पीडित बन्दै आएको बताए । उनले बस्ती नजिकै रहेको सामुदायिक वनमा रहेका हात्ती लखेट्नका लागि डिभिजन वन कार्यालयसँग आग्रह गरिरहेको बताए । 

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले रातभर साइरनसहितको टोलीले हात्ती लखेट्दै आएको बताए । उनले भने, “प्रहरी प्रशासन यतिबेला मत गणना स्थलमा सुरक्षाका लागि खटिएका छन् ।

एउटा मात्र साइरनसहितको गाडीले हात्ती धपाउन समस्या भइरहेको छ ।”

उनका अनुसार मेची नदी किनारमा हात्तीलाई रोक्न लगाइएको विद्युतीय घेराबाराको बेलैमा मर्मत नुहँदा पनि भारतीय हात्ती हूल बाँधेर नेपाल पस्न थालेका छन् ।

तेलपानी वनमा रहेका हात्तीलाई भने आजै साँझ भारतीय जङ्गलतर्फ लखेट्ने तयारी गरिरहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै