• २०८१ बैशाख १४ शुक्रबार

संखुवासभाकाे खाँदबारी प्रमुखमा कांग्रेसका थपलिया विजयी

kharibot

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिका विजयी हुनु भएको छ ।

प्रमुख थपलियाले आठ हजार ३४ मत ल्याउँदै विजयी भएका हुन्  ।

उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याएका छन् ।

घिमिरे दुई हजार ४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए । 

उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट  माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत मात्रै ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै