• २०८१ बैशाख १५ शनिबार

उत्तर कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो

kharibot

काठमाडौँ । उत्तर कोरियामा कोरोनाको प्रकोप बढ्दै गएपछि सोमबार थप आठको मृत्यु भएको छ ।

त्यस्तै थप ३ लाख ९२ हजार ९२० जना संक्रमित भएका छन् । किम जोङ उनले औषधि आपूर्तिमा भएको ढिलाइका लागि अधिकारीहरूलाई कडा निर्देशन दिदै महामारीसँग लड्न सेनालाई निर्देशन दिएका छन् । किम जोङ उनले कोरोनाको संक्रमण फैलिन नदिन देशमा लकडाउन गरेका छन् ।

उत्तर कोरियाको एन्टिभाइरस आपतकालीन मुख्यालयले अप्रिलको अन्त्यदेखि १२ लाख मानिस संक्रमित भएको बताएको छ । जसमध्ये ५ लाख भन्दा बढी अझै आइसोलेसनमा छन् । अहिलेसम्म उत्तरकोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

सबैको ज्वरो आएर मृत्यु भएको तर, ज्वरो आएर ज्यान गुमाएकामध्ये कति जनामा ​​कोरोना संक्रमण थियो भन्ने राज्यको सञ्चारमाध्यमले पुष्टि गरेको छैन ।

उत्तर कोरियाको आधिकारिक सञ्चार एजेन्सी केसीएनले देशका ३ लाख ९२ हजार ९२० जनामा ​​ज्वरोको लक्षण देखिएको जनाएको छ । उत्तर कोरियाले पहिलो पटक आफू कोरोनासँग नराम्रोसँग लडिरहेको स्वीकार गरेको छ । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोनाविरुद्धको खोप लागेको छैन ।

किमले कोरोना महामारीबाट बचेको दाबी गर्दै आएका थिए । यो प्रकोप रोक्न उत्तर कोरियाले १० लाख कामदार खटाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय