काठमाडौँ । अघिल्लो दिन घटेको शेयर बजार बुधबार सामान्य बृद्धि भएको छ । आज नेप्से ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको हो ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्समा २.४१ अंकको बृद्धि देखिएको छ भने फ्लोट इन्डेक्स ०.६१ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स०.८६ अंकले बढेको छ ।
आज नेप्सेमा २२७ कम्पनिका ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर कारोबार भएका छन् । कुल २७ हजार ५७ पटक कारोबार हुदा एक अर्ब ३२ करोड ६३ लाखको शेयर कारोबार भएको छ ।
त्यस्तै आज बैंकिंग, विकास बैंक, फाइनान्स, होटल, हाइड्रो, लगानी, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने अन्य उपसूचक घटेका छन् ।
आज कारोबार भएको राढ़ी हाइड्रोको शेयर सबैभन्दा बढी ६.०२ प्रतिशतले बढेको छ भने सिनर्जी हाइड्रो पावरको शेयर मुल्य ५.९१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कारोबार भएको सुर्योदय वोमी लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
बुधबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोको कारोबार भएको छ । आज यस कम्पनिको ५ करोड ३८ काखको कारोबार भएको छ भने जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।