• २०८१ बैशाख १४ शुक्रबार

लखनउ सुपर जाइन्ट आइपिएलको प्लेअफमा

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्ट प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले कोलकोता नाइट राइडर्सलाई २ रनले पराजित गर्दै यस सिजनको प्लेअफमा पुगेको हो ।

यस अघि गुजरात टाइटन्स प्लेअफमा पुगेको थियो ।

लखनउले दिएको २११ रनको लक्ष्य पछाएको कोलकोताले उत्कृष्ट ब्याटिंग गर्दै लक्ष्यको पिछा गरेपनि अन्तिम ओभरमा आवश्यक २१ रन बनाउनुपर्नेमा कोलकोताले १८ रन बनाएको थियो । अन्तिम ओभरका ३ बलमा ५ रनको आवश्यकता रहेको बेला मार्कोस स्टोइनिसले लगातार २ विकेट लिएपछि कोलकोता पराजित भएको थियो ।

कोलकोताका लागि कप्तान श्रेयस अय्यरले ५०, नितिश रानाले ४२, रिंकु सिंहले ४०, साम ब्लिंग्सले ३६ र सुनिल नारनले २१ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा कुनै विकेट नगुमाएर २१० रन बनाएको थियो । लखनउका लागि ओपनर क्वेंटन डिकक र कप्तान केएल राहुलले आइपिएलको इतिहासमै पहिलो पटक पहिलो विकेटका लागि सर्बाधिक २१० रनको साझेदारी गरेका थिए । डिककले ७० बलमा १४० रन बनाएका थिए भने राहुलले ६८ रन बनाएका थिए ।

यो जितपछि लखनउको १४ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै कोलकोताको यस सिजनको यात्रा भने प्लेअफमा नपुगी समाप्त भएको छ । कोलकोताको १४ खेलमा १२ अंक रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै