• २०८१ बैशाख १५ शनिबार

सप्तरीमा मोटरसाइकल दुर्घटना- एक जनाको मृत्यु

kharibot

सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरा चोकमा गएराती ३ जना सवार मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय लोचन यादव रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ८ वर्षीया कृतिका कुमारी यादब र भगवानपुर गाउँपालिका ३ का २२ वर्षीय अनिल कुमार यादबको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

तीन जना सवार अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १ बजे अनियन्त्रित भइ सडकको कल्र्भटमा पल्टिएको प्रहरी चौकी मौवाहाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै