• २०८१ बैशाख १४ शुक्रबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

kharibot

काठमाडौं  । झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । 

मोरङको सुनवर्षी नगरपालिका–६ मा को.२ त १४३७ नम्बरको ट्रयाक्टर बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार सरदार रहेका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा रा.१ प ८६७९ नम्बरको मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका–३ बस्ने २० वर्षीय आकाश सेन रहेका छन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा म.२ प ८०२४ नम्बरको मोटरसाइकललाई म.२ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म.२ प ८०२४  नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्द रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै