• २०८१ बैशाख १५ शनिबार

जुम्लामा पत्रकार लेखन वृद्धि पुरस्कार कोष स्थापना

kharibot

जुम्ला । जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि  तथा महासंघमा योगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि  पुरस्कार कोष स्थापाना गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा याेगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरेका

जन्म दिन मनाउने बहानामा तडक भडक नगरी ,फजुल खर्च गर्ने परिपाटीको अन्य गर्ने प्रयासस्वरुप काेष स्थापना गरिएकाे उनले बताए ।

अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन ।

अध्यक्ष शाहीले भने ,‘जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले  जति सकिन्छ केही रकम कोषमा जम्मा गर्न अनुरोध गर्छु ।' धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने हेतुले कोष स्थापना गरेको  उनको भनाइ छ ।

अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई  हस्तानतरण गरिएको छ । त्यस्तै, उक्त चेक ग्रहण गर्दै  सचिब रावलले रकम सानो भए पनि यसको महत्व ठूलो रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै