• २०८१ बैशाख २२ शनिबार

अस्ट्रेलियामा मोरिसनले हार स्वीकारे, लेबरका एन्थोनी नयाँ प्रधानमन्त्री बन्ने

kharibot

काठमाडौँ । अस्ट्रेलियाका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको आम निर्वाचनमा आफ्नो पराजय स्वीकार गरेका छन् । स्कट मोरिसनले पनि पराजय स्वीकार गर्दै लिबरल पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको लेबर पार्टीले चुनाव जितेको छ र एक दशकमा पहिलो पटक सत्तामा आउने भएको छ । अस्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का अनुसार लेबर पार्टीले चुनावमा स्कट मोरिसनको सरकारलाई पराजित गरेको छ ।

एबीसीले आफ्नो पछिल्लो अनुमानमा लेबर पार्टीले अल्पमतको सरकार बनाउन सक्ने बताएको थियो । लेबर पार्टीले अहिलेसम्म ७३ सिटमा जित हासिल गरेको अस्ट्रेलियन मिडियाहरुले उल्लेख गरेका छन् । 

१५१ सदस्यीय अस्ट्रेलियन तल्लो सदनमा संसदमा बहुमत प्राप्त गर्न ७६ सिट जित्नुपर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय