भारतले घोषणा गर्यो टी-२० र टेस्ट क्रिकेट टिम, को को परे ?
खरीबोट
२०७९ जेठ ८ आइतबार
काठमाडौँ । भारतले दक्षिण अफ्रीकाविरुद्ध खेल्ने टी-२० सिरिज र ईङल्याण्डविरुद्ध यस अघि स्थगित भएको पाँचौ टेस्टका लागि टिमको घोषणा गरेको छ ।
भारतको टी-२० टिममा जारी आइपिएलमा तिब्र गतिको बल फालेर चर्चामा आएका उमरान मलिकले स्थान बनाएका छन् । त्यस्तै आइपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका दिनेश कार्तिकले पनि टिममा कमब्याक गरेका छन् ।
भारतीय टी-२० टिमको कप्तान केएल राहुललाई बनाइएको छ भने ऋषव पन्तलाई उपकप्तान बनाइएको छ । त्यस्तै टी-२० टिमबाट रोहित शर्मालाई बाहिर राखिएको छ ।
टेस्ट टिम: रोहित शर्मा (कप्तान), के एल राहुल (उपकप्तान), शुभमन गील, विराट कोहली, श्रेयस अय्यर, हनुमा विहारी, चैतेश्वर पुजारा, ऋषव पन्त, केएस भारत, रविन्द्र जडेजा, आर आश्विन, श्रदुल ठाकुर, मोहमद सामी, जसप्रित बुमराह, मोहमद सिराज, उमेश यादव, प्रसिद कृष्ण ।
भारतले जुन ९ देखि दक्षिण अफ्रीकाविरुद्ध ५ खेलको टी-२० सिरिज खेल्दै छ भने त्यसपछि भारतले पछिल्लो ईङल्याण्ड टूरमा कोरोनाले स्थगित भएको पाँचौं टेस्ट जुलाई १ मा खेल्ने छ ।