काठमाडौँ । भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको प्रमाण फेला परेको बताइएको छ ।
सिंगलाले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबको मुख्यमन्त्रीको कार्यालयले सिंगलाविरुद्ध ठोस प्रमाण भेटिएको जनाएको छ ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाको पनि बेइमान सहन नदिने बताएका छन् । मानले यो सरकार जनताको आशा बनेर आएको बताए ।
भगवन्त मानले भने- 'केजरीवालले हामीलाई भनेका छन् कि उनले एक रुपैयाको भ्रष्टाचार पनि सहने छैनन् । एउटा कुरा मेरो ध्यानमा आयो । सरकारका एक मन्त्रीले प्रत्येक टेन्डरमा एक प्रतिशत कमिसन मागेका थिए । यो केसको बारेमा मलाई मात्र थाहा थियो। मैले चाहेको भए यसलाई दबाउन सक्थेँ तर जनताको विश्वास तोड्न सकिनँ । अशोक सिंगलालाई बर्खास्त गरेको छु । उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् ।'
आम आदमीले भारतीय काँग्रेसको सरकारलाई पराजित गरेर गत मार्चमा पञ्जावमा सरकार बनाएको थियो ।