• २०८१ बैशाख २७ बिहीबार

विश्व आईस हक्की संघको वैठकमा भाग लिन अध्यक्ष पाठक फिनल्यान्ड प्रस्थान

kharibot

काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ । नेपाल आइस हक्की सङ्घका अध्यक्ष भुवन पाठकको नेतृत्वमा एक प्रतिनिधिमण्डल विश्व आइस हक्की सङ्घको फिनल्याण्डमा यही जेठ ११ देखि १६ गतेसम्म हुने बैठकमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

७८ देशका प्रतिनिधि सहभागी हुने उक्त बैठकमा अध्यक्ष पाठकले नेपाल आईस हक्की संघकाे कार्ययोजना  तथा भावि कार्यक्रम वारे जानकारी गराउने छन् ।

प्रतिनिधिमण्डलले नर्वे तथा डेनमार्क स्थित आइस हक्की सङ्घका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। अध्यक्ष पाठक तथा कार्यसमिति सदस्य राेजेश रिजालकाे भ्रमण टाेलिलाई आज नेपाल आईस हक्की संघका कार्यवाहक अध्यक्ष विजय खडका तथा काेषाध्यक्ष हरि मानन्धरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन्,उक्त प्रतिनिधिमण्डल यही जेठ २० गते स्वदेश फर्कनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै