• २०८१ बैशाख ८ शनिबार

भारतीय प्रधानमन्त्री मोदीसँग जापानका तीन पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता

kharibot

टोकियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका छन् । जापान भ्रमणमा रहनु भएका मोदीले जापानको राजधानी टोकियोमा मङ्गलबार तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका हुन् । 

पूर्व प्रधानमन्त्रीहरू योशिहिडे सुगा, सिन्जे आवे र योशिरो मोरीसँग उनले आपसी अनुभव आदान प्रदान गरेका थिए । 

उनीहरूका बीचमा दुई देशको सम्बन्ध थप बलियो बनाउने, सहकार्यका नयाँ ढोकाहरू खोल्ने, आपसी सहयोग आदानप्रदान बढाउने लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । 

सबै जनाले एक अर्काप्रति हार्दिकता प्रकट गरेको र भेटघाट गर्न पाएकोमा खुशी लागेको बताएको अधिकारीहरूले जनाएका छन् ।

जापान—भारत एसोसिएसन (जेआइए) का अध्यक्ष समेत रहनु भएका पूर्व प्रधानमन्त्री योशिरोसँग प्रधानमन्त्री मोदीले एसोसिएसनका बारेमा पनि कुराकानी गरेका थिए ।

सन् १९०३ मा स्थापना भएको सो एसोसिएसनलाई अन्तरदेशीय मैत्रीपूर्ण संगठनहरू मध्ये सबैभन्दा पुरानो संगठन भएकाले पनि महत्वका साथ हेरिन्छ । 

प्रधानमन्त्री मोदीले पनि योशिरो नेतृत्वको पुरानो सङ्गठनलाई अझ प्रभावकारी बनाउन र त्यस मार्फत गर्न सकिने कामहरूलाई विस्तार गर्न पनि जोड दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै