• २०८१ बैशाख १५ शनिबार

देउवालाई ओलीको आग्रह- इपीजी समूहको प्रतिवेदन बुझ्नुस्

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् । 

‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । एउटा प्रधानमन्त्रीले पहिला प्रतिवेदन बुझ्नु पर्‍यो नि । संयुक्त रूपमा बनाएको इपीजी समूहको प्रतिवेदन सम्मानीय प्रधानमन्त्रीज्यूले बुझ्नुस् । त्यसमा के छ सदनलाई जानकारी गराउनुस् । दुवैतर्फको (नेपाल-भारत) संयुक्त प्रतिवेदन हो त्यो, सहमतिको प्रतिवेदन हो, मतभेद छैन ।’ 

नेपाल र भारत सरकारले संयुक्त रूपमा नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीले आग्रह गरेका हुन् । उक्त प्रतिवेदन दुवै देशका सरकारले हालसम्म बुझेका छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै