• २०८१ बैशाख २२ शनिबार

नाडा अटो शो भदौ १३ गतेदेखि हुने, महजोडी बने ब्राण्ड एम्बेसडर  

kharibot

काठमाडौं । यस वर्षको नाडा अटो शो आगामी भदौ १३ गते देखि राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । 

१२औ अटो शो नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा भदौ १३ गते देखि १८ गतेसम्म हुन् लागेको हो ।

आयोजकले अटो शो बारे जानकारी दिदै यसबर्षको शोमा ९० वटा संस्थागत सहभागिता रहने र प्रदर्शनीमा १६ वटा व्राण्डका ४ पाङ्ग्रे, १९ व्राण्डका दुई पाङग्रे तथा ६ वटा व्राण्डका हेवी कमर्सियल सावरी साधनको स्टल रहने जनाइएको छ । 

प्रवेश टिकट बम्पर उपहार स्वरुप आईएमई अटोमोटीभसले प्रायोजन गरेको युएम कमाण्डो २३० सीसी मोटरसाइकल समेत रहेको जानकारी दिएको छ ।

६ दिनसम्म चल्ने मेलामा ५० हजार अवलोकनकर्ता आउने र यो मेलामा महजोडीलाई व्राण्ड एम्वेसडर वनाएको जानकारी आयोजकले दिएका छन् ।

साथै मेलावाट हुने आम्दानीवाट ५ लाख रुपैयाँ बाढी पिडीतको लागि राहात स्वरुप प्रदान गर्ने घोषणा नाडाले गरेको छ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै