• २०८१ बैशाख १४ शुक्रबार

अमेरिका जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

kharibot

काठमाडौँ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत बिदाइ गरेका छन् । 

नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै