• २०८३ जेठ २४ आइतबार

उत्तरी चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब एक सय जनाको मृत्यु

उत्तरी चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब एक सय जनाको मृत्यु

 

एन जामेना । उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् ।

मे २३ मा लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।

उक्त झडप चाडको राजधानी एन'जामेनाबाट करिब १,००० किलोमिटर (६०० माइल) मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो ।

त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर  तनाब र झडप हुने गर्दछ । झडप मौरिटानियन र लिबियालीहरू बीच भएको  मन्त्रीले बताएका छन् ।

उनले एएफपीसँग यस क्षेत्रबाट फोनमा कुरा गर्दै जहाँ सो जानकारी दिएका हुन् । "यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं," उनले  भने । यस क्षेत्रका बहुसंख्यक खानीहरू  अवैधरूपमा सञ्चालित छन् 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै