• २०८१ बैशाख १४ शुक्रबार

अर्जेन्टिनाको जितमा मेसीले गरे पाँच गोल

kharibot

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इस्टोनियालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि पाँचै गोल लियोनेल मेसीले गरेका थिए । मेसीले खेलको ८औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको ४५औं मिनेटमा, तेस्रो गोल खेलको ४७औं मिनेटमा, चौथो गोल खेलको ७१औं मिनेटमा र पाँचौं गोल खेलको ७६औँ मिनेटमा गरेका थिए ।

मेसीले योसहित अहिलेसम्म अन्तर्राष्ट्रिय खेलमा ८६ गोल गरेका छन् । मेसीले १६२ खेलमा ८६ गोल गरेका हुन् । मेसी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन् ।  अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । रोनाल्डोले अहिलेसम्म ११७ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै