• २०८१ बैशाख १७ सोमबार

डिशहोममा एक वर्ष रिचार्ज गर्दा ईलामकी राईले जितिन् एक लाख 

kharibot

काठमाडौँ l डिशहोमका ग्राहक  मन्दिरा राईले नगद एक लाख जितेकी छिन् । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिईन । 

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईलाई पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता राईलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ । 

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी , नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्नेछ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै