• २०८१ जेठ २० आइतबार

घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु

kharibot

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए । 

उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा घरको छतबाट पानी भर्ने क्रममा चिप्लिएर खसेका थिए । चिप्लेर खस्दा घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगिएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय