• २०८१ बैशाख २२ शनिबार

गोविन्दा र भान्जा कृष्णाबीचको झगडा अन्त्य

kharibot

काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा र उनका भान्जा कृष्णा अभिषेकबीच विगत केही वर्षदेखि चलिरहेको झगडा अन्त्य भएको छ ।

कृष्णले मामासँग एक अन्तर्वार्ताका क्रममा माफी मागेका थिए । त्यसपछि उनले अब माफी स्वीकार गरेका छन् । वास्तवमा वर्षौंअघि कृष्णकी श्रीमती कश्मीरा शाहले नाम नलिई गोविन्दालाई पैसा लिएर विवाहमा नाच्न बोलाएकी थिइन् । यसबाट रिसाएर गोविन्दाकी श्रीमती सुनिता आहुजाले कश्मिरालाई धेरै कुरा भनेकी थिइन् । धेरै पटक गोविन्दा द कपिल शर्मा शोमा अतिथिको रूपमा जाँदा कृष्णले शोमा प्रदर्शन गरेनन् । यो कार्यले उनीहरुको लडाईमा आगोमा इन्धन जस्तै काम गर्यो । कयौंपटक दुवै परिवारले एकअर्काविरुद्ध बयान दिने गरेको देखिए पनि अहिले यो झगडा सकिएको छ ।

गोविन्दाले पनि मनिष पलको पोडकाष्टमा दिएको अन्तर्वार्ता भान्जा कृष्णासँग आफ्नो कुनै झगडा नभएको स्पष्ट गरेका छन् ।

गोविन्दा- कृष्णाभन्दा पहिले पनि बलिउडका धेरै यस्ता सेलिब्रेटी छन् जसको आपसी दुश्मनी वर्षौंसम्म चर्चामा थियो तर वर्षौंपछि उनीहरुले मित्रताको हात बढाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै