• २०८१ बैशाख १४ शुक्रबार

सुर्खेत जीप दुर्घटना मृत्यु अपडेट- मृतकको पहिचान खुल्यो

kharibot

सुर्खेत  । बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको थियो । साथै घाइते हुनेमा अछामको तर्माखाद-२ का २७ वर्षीय तुल्सी रावल बिसी टाउकोमा चोट लागेको छ उनलाई उपचारका लागी प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

यस्तै भैरवस्थान तुर्माखाद गाउँपालिका-२ अछामका ३ वर्षीया दिदिसा बुढा, कोहलपुर नगरपालिका-२ बाकेका ३१ वर्षीय भोज बहादुर घले, टिकापुर नगरपालिका-२ कैलालीकी सरस्वती विष्ट रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिल्लो मोडमा दुर्घटनामा परेको थियो । बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै