• २०८१ बैशाख २२ शनिबार

सप्तरीमा छाडा चौपायाका कारण दुर्घटना- एक जनाको मृत्यु

kharibot

सप्तरी । कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा छाडा पशुका कारण भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

बिहीबार राति पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–४४ प ६१० नम्बरको मोटरसाइकल सडकमा बसिरहेको गोरुमा ठोकिएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना७ख २५२२ नम्बरको टिपरमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक विराटनगर उपमहानगरपालिकाका ५० वर्षीय युवराजप्रसाद खतिवडा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी रामकुमार यादवले जानकारी दिए ।

उनले भने, 'मोटरसाइकलको पछाडि बसेका ४७ वर्षीय गौतम महतोको उपचार भइरहेको छ । टिपर चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 

दुर्घटनाको मुख्य कारण छाडा चौपाया भएको प्रहरीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै