• २०८१ बैशाख १४ शुक्रबार

नारी दिवसमा एभरेष्ट बैंकको निःशुल्क स्वास्थ्य परीक्षण

kharibot

काठमाडौं । एभरेष्ट बैंकले एक सय आठौं महिला दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिँदै आइएको छ । बैंकले उक्त कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको थियो । 

उक्त स्वास्थ्य क्याम्पमा दुुई सय जना मानिसले विभिन्न विशेषज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग विशेषज्ञले बिरामीको जाँच गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रमको संयोजन भने वरिष्ठ सर्जन विशेषज्ञ डाक्टर ज्योति रायमाझी (राणा)ले गरेकी थिइन् । उनले कार्यक्रमा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने विषयमा आफ्नो मन्तव्य राखिन् । 

बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै