काठमाडौं । लिथुनियाका रिकार्डस बेरान्किसलाई ३-१ को सेटमा हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहीबार राति सेन्टर कोर्टमा दोस्रो वरीयताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६, ६-३ को जित निकाले ।
३६ वर्षीय नाडालको यो ३०७ औं ग्रान्डस्लाम खेलको जित हो । कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।