• २०८१ बैशाख १५ शनिबार

नेप्सेमा ९.७५ अंकको गिरावट

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेप्सेमा सोमबार ९.७५ अंकको गिरावट आएको छ । आज नेप्से सूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा पुगेको हो । सोमबार शुरुमा लगातार बढेको नेप्से कारोबारको अन्तिम घण्टामा घटेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स २.६८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेको छ ।

त्यस्तै सोमबार २३४ कम्पनिको एक करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर कारोबार हुदा कुल ४ अर्ब ३४ करोड ९२ लाखको कारोबार भएको छ ।

आज सीवाइसी लघुवित्त कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने एन्गाडी पावरको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज ग्लोबल आईएमईको डभेन्चर २०८६/८७ को शेयर मुल्य सबैभन्दा बढी ९.७५ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा शिभाम सिमेन्टको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज १७ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १६  करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै