• २०८१ बैशाख १५ शनिबार

आजको राशिफल: २०७९ साल असार २१ गते मङ्गलवार

kharibot

आजको राशिफल  बि.सं. २०७९ साल असार २१ गते मङ्गलवार ई.सं.२०२२ जुलाइ ०५ नेपाल सम्बत ११४२ दिल्लाथ्य षष्ठी, असार शुक्ल षष्ठी तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल षष्ठी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५: १३ बजे, सूर्यास्त साँझ ७: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा गहुँ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १२ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ । जस्तै चुनौतीपूर्ण काम भए पनि सफल भइने दिन हो । चिताएको काम बनाउन बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गर्नुपर्ने दिन हो । समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुमुदप्रियायै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

वैचारिक अस्थिरता देखिने छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कुनै कोर्स अधुरो छ वा कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गर्नु:, अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । साथीभाइ र सहकर्मीहरूका माझमा सहयोग आदानरप्रदान हुनसक्छ । लामो समयदेखि मनमा जरो गाडेर बसेको कुनै चिन्ताको समाधान हुनेछ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । अल्छी गरेर बस्ने हुँदा व्यक्तित्वमा आँच आउने वा भविष्यमा धोका हुनसक्ने दिन छ । आजको भाग्यबल ४५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भालचन्द्राय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । अपशब्दको प्रयोग गर्नाले आफन्तहरूसित वैरभाव सिर्जना हुनेछ । त्यसैले आफ्नो मुखलाई पूणर्रूपेण नियन्त्रणमा राख्नु आवश्यक छ । वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ । बोली र व्यवहारमा नम्रता हुनु जरुरी छ, तर अचानक नचिताएको धन हातमा आइपुग्न सक्छ । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ, तर अल्छी गर्नु राम्रो हुँदैन । स्थान परिवर्तन गर्ने वा काम बदल्ने धारणा छ भने प्रयास गर्ने समय हो । जानकार वा अनुभवीको सल्लाह लिएमा हाँकेरताकेको काममा अझ धेरै उपलब्धि लिन सकिने छ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चन्द्रघण्टायै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पठनपाठनप्रति ध्यान केन्द्रित हुनेछैन, चित्तमा शान्ति हो: र मन स्थिर हो: भन्ने उद्देश्यले तपाईंले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित भएको जाती हुनेछ । धन, मान र प्रतिष्ठामा विकार भएको परिस्थिति छ, जोखिम र रिस्कमा कुनै काम गर्नु हुँदैन, साथै दायित्व र जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ नगर्नु होला । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः पशुपतये न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अचानक परिस्थिति फेरिएर अनुकूल हुन थाल्नेछ । व्यापारिक किनमेल र नयाँ कारोबारप्रति आकर्षण देखाएमा लाभ पाउन सक्नुहुन्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शशिशेखराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

समाजसेवा र राजनीति गर्नेले मानसम्मान पाउनेछन् । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, आत्मविश्वास र दृढतामा बृद्धि हुने दिन हो । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्, तर गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्ने दिन हो । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । कुनै संस्थानको प्रमुख व्यक्तिसित सम्पर्क हुनेछ । परोपकार र जनकल्याणको भावनासमेत विकसित हुनसक्छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

खनिज पदार्थ र पुरातात्त्विक चिजबीजमा लाभ लिन सकिन्छ, तर मन भारी हुने तथा आलस्य जाग्ने समय हो । अस्वस्थ हुनुहुन्छ भने आराम गर्नु राम्रो हुन्छ । काम गर्ने जाँगरमा कमी आउनसक्छ, मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय छ, तर काम बाँकी राख्नाले पछि आफैंलाई लोड बढ्नेछ, होस राख्नुपर्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्नसक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्ने दिन हो । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कलात्मक कार्य ९अभिनय, गायनरवादन, नृत्य, भिडियोरचलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ० जस्ता काम अथवा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन तपाईंका सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । योजनाभन्दा बाहिरको जिम्मेबारी बोक्नुपर्दा दुविधा बढ्ने दिन हो । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी सम्बन्धमा फाटो बढ्नसक्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऋणहत्र्रे भौमाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै