• २०७९ श्रावण ३० सोमबार

कांग्रेस पदाधिकारी बैठक- के भयो छलफल ?

kharibot

काठमाडौं । संघीय संसदको आगमी निर्वाचन र भातृ संस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

आज देखी सुरु भएको पदाधिकारी बैठकमा मुख्यत भातृ तथा शुभेच्छक संस्थामा देखा परेका समस्या देखी मर्जसम्मका बिषयमा छलफल भएको हो ।

प्रवक्ता प्रकाश शरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही बिषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृ संस्थाका लागि निवेदन आएका छन, केहीमा समस्यामा देखा परेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने बिषयमा छलफल भएको छ’ प्रवक्ता महतले भने । उनका अनुसार बैठक जारी छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भए पछि सो बैठक उपाध्यक्ष पुर्णबहादुर खडकाको सभापतित्वमा बसेको थियो । बैठकमा पुर्व पदाधिकारीसहित केही केन्द्रिय सदस्यहरुको पनि उपस्थिीति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय