• २०८१ बैशाख १४ शुक्रबार

अर्थमन्त्रीलाई संसदमा बोल्ने नैतिक अधिकार छैन- एमाले

kharibot

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोल्ने नैतिक अधिकार नभएको बताएको छ । प्रतिनिधिसभामा बोल्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीको बारेमा संसदीय विशेष समिति गठन भएपछि अब संसदमा बोल्ने नैतिक आधार नभएको बताएका छन् ।

गम्भीर प्रकृतिको गल्ति गरेपछि संसदीय समिति गठन भएको भन्दै उनले अर्थमन्त्री शर्मालाई कारवाही गर्ने आधार रहेको उनले बताए ।

सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई गम्भीर आरोप लागेकोले पदमा राखेर छानबिन हुननसक्ने बताउदै राजीनामा दिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थमन्त्रीलाई बर्खास्त गर्न आग्रह गरेका छन् ।

सांसद भट्टराईले अब संसदीय छानबिन समितिले पुर्व अर्थमन्त्रीको रुपमा बयान लिने बताउदै पदमा रहेर छानबिन हुन नसक्ने बताए ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन विशेष समिति गठन गर्दै ११ सदस्यको नाम घोषणा गरेका हुन् ।

समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्प भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्ने, सरला कुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र लक्ष्मण प्रसाद कर्ण रहेका छन्  । 

सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाइएको हो । समितिलाई १० दिनको समय दिइएको छ  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै